भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ साउन, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले आफ्ना नेता कार्यकर्ताहरुको हत्या हुने क्रम बढेको भन्दै केन्द्रीय तथा जिल्ला नेताहरुको सुरक्षाको प्रवन्ध गर्न सरकारसित माग गरेको छ ।

प्रहरी र अपराधीवीच साँठगाँठ रहेको आरोप
फोरम नेता यादवले सरकारी सुरक्षा समुहहरुको समेत अपराधिक समुहसंगको दृश्य, अदृश्य संलग्ता र साठगाँठ रहेको आरोप लगाउनुभएको छ । ‘सरकारी संयन्त्रहरुको अकर्मण्यता एवं अपराधीहरुलाई परोक्षरुपले दिएको संरक्षणका कारण अपराध बढ्दै गएको छ ।’ यादवको भनाइ छ, विगत केही समयदेखि जनआकांक्षा अनुसार सशक्तरुपमा हाम्रो आन्दोलन अगाडि बढिरहेको बेला त्यसलाई विथोलिने दृष्टिकोणले सम्बन्धित निकाय र आतंककारी समुहबाट हाम्रो पार्टी र कार्यकर्तालाई लक्षित गरी ज्यान मार्ने, धक्क्याउने र आतंकित पार्ने काम तिव्रताका साथ बढ्दै छन् ।’
को-कोमाथि भयो आक्रमण
यसवीचमा फोरमका कार्यकर्ता, मधेसी कारखाना श्रमिक फोरम, नेपालका महासचिव रामाशंकर मण्डललाई वीरगंजमा प्रहरी चौकी नजीकै गोलिहानी हत्या गरिएको यादवले बताउनुभयो । त्यसैगरी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर खैराचौकमा रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट जाँच भन्दा २५ मिटर उत्तर-पश्चिम कुना, एवं जिल्ला प्रशासन कार्यालय, जलेश्वरदेखि १ सय मिटर दक्षिणमा अवस्थित मधेसी जनअधिकार फोरम, नेपालको जिल्ला पार्टी कार्यालयभित्रै मिति साउन १० गते दिउँसो १२ बजे पार्टीको जिल्ला सदस्य तथा कार्यालय सचिव प्रगास साहलाई गोली प्रहार गरी ज्यान मार्ने प्रयास गरेको ज्ञापनपत्रमा उल्लेख छ । घटनाप्रति स्थानीय प्रशासन संवेदनशील नरहेको यादवको आरोप छ ।
यादवले अध्यक्ष रेग्मीलाई बुझाउनुभएको ज्ञापनपत्रमा विभिन्न आठ वटा माग गरिएको छ :
१. केन्द्रीय र जिल्ला स्तरका नेताहरुको विशेष सुरक्षा व्यवस्था गर्ने ।
२. केन्द्रीय कार्यालय र स्थानीय कार्यालयहरुमा सुरक्षाको विशेष व्यवस्था गर्ने ।
३. देशभरि रहेका पार्टीको केन्द्रीय स्तर एवं जिल्ला एवं स्थानीय स्तरका कार्यकर्ताहरुसँग सुरक्षा निकायहरुलाई समन्वय गर्न निर्देशन दिने ।
४. जिल्ला सदस्य श्री प्रगास साह माथि गोली प्रहार गर्ने अपराधीलाई अविलम्ब पक्राउ गरि घाईतेको उपचारको व्यवस्था एवं उचित क्षतिपूर्ति अबिलम्ब उपलब्ध गराउनु पर्ने ।
५. आपराधिक गतिविधि नियन्त्रण गर्न नसक्ने असक्षम प्रशासन एवं सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरुलाई अविलम्ब निलम्बन गरी कडा कारवाही गर्नुपर्ने ।
६. घटनाको न्यायिक छानविन समिति गठन गरी कानुन बमोजिम कारवाही गर्नु पर्ने ।
७. महोत्तरी जिल्ला लगायत पुरै मधेसमा भइरहेको आपराधिक गतिविधिलाई अविलम्ब बन्द गरी शान्ति सुरक्षा वहाल गर्नु पर्ने ।
८. हालैको अविरल वषर्ा र गएको वाढी पहिरोबाट देशको, विभिन्न भागमा भएको जनधनको क्षतिपूर्ति र पीडित परिवारहरुलाई अविलम्ब राहतको व्यवस्था गर्नुपर्ने ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.