भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भक्तपुर, श्रावण १५ - कुखुरा व्यवसायीले र्फमको सूचना संकलन गर्न जाने पशु कार्यालयका प्राविधिकलाई खोरसम्म जान नदिँदा बर्डफ्लुबारे यथार्थ जानकारी बाहिर आउन सकेको छैन । कुखुरा बिक्री नहुने भन्दै व्यवसायीले सरकारी कर्मचारीलाई खोरको स्थिति अवलोकन गर्न नदिएका हुन् । व्यवसायीले भने एउटा खोरमा छिरेका कर्मचारीलाई अर्कोमा प्रवेश गराउँदा संक्रमण हुने भएकाले रोक लगाएको दाबी गरेका छन् । रोगले मरेर बाँकी रहेका कुखुरा बिक्री गर्नका लागि व्यवसायीले गुपचुप राख्ने गरेका हुन् । पशु सेवा कार्यालयबाट फर्मको यथार्थ बुझ्न सर्भिलेन्स टोली खट्छन् । टोलीले फर्ममा कुखुरा कति छ ? के रोग लागेको हो ? कस्ता लक्षण देखा परेको छ ? मरेको संख्या कति छ ? त्यसको आधारमा नमुना संकलन गरी प्रयोगशालामा पठाउूछन् । रोग नलागेको र्फममा पनि सर्भिलेन्समा जाने गर्छन् । यस्ता र्फममा कुन जातको कुखुरा छ ? कुखुरा बिरामी भएको छ कि छैन ? फर्ममा कति उमेरको कुखुरा छ ? लगायतका विवरण लिने गर्छन् । सर्भिलेन्स जाँदा कामदारले फर्म सञ्चालकलाई सोध्न भन्छन् । सञ्चालकले सही जानकारी नदिने कर्मचारीको गुनासो छ । फर्मको 'सर्भिलेन्स' गर्न जाँदा विज्ञबाट जाँच गराइरहेको भन्दै फर्काउने गरेको सिपाडोल सेवा केन्द्रका प्रमुख विष्णु तामाङले बताए । 'हामीले कुखुरा विज्ञ ल्याएर परीक्षण गरिरहेका छौं । तपाईंहरू जानुभए हुन्छ भन्छन्,' उनले भने, 'फर्मको गेटमा गएर सूचना माग्दा सही जानकारीसमेत दिइँदैन । पाँच हजार कुखुरा पालेको छ भने घटाएर भन्छन् । मरेको छ भने पनि ढाकछोप गर्छन् ।' सरकारी निकायलाई जानकारी नदिई नंखेलको जीजे पोल्ट्री फर्मका सञ्चालकले मरेको कुखुरा गाडेको समाचार प्रकाशित भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सोमबार व्यवसायीसित बैठक गरेका थिए । प्रहरी, जिविसका अधिकारीसहितको बैठकमा पशु चिकित्सक रामपरीक्षण साहले व्यवसायीले सही सूचना नदिँदा रोगी कुखुरा बजारसम्म पुग्ने गरेको बताए । फर्मको कुखुरा मरे पनि सरकारी कर्मचारी जाँदा उपचार गरेर 'कन्ट्रोल' भइसक्यो भन्दै फर्काउने गरेको उनले बताए । आइतबार नलिञ्चोकको एक फर्ममा जाँदा नाम चलेका पाँच जना पशु चिकित्सकले परीक्षण गरेको भन्दै फर्काइएको उनले बताए । 'र्फममा कुखुरा मरिरहेको हुन्छ । स्थानीयको गुनासोपछि पुग्दा प्रवेशसमेत दिूदैनन्,' उनले भने, 'फोन गरेर के भएको हो ? भनेर जानकारी माग्दा सामान्य छ भन्छन् ।' प्रजिअ दवाडीले सरकारी कर्मचारीलाई सही जानकारी दिने र र्फममा प्रवेश गराउन निर्देशन दिएका छन् । 'कसैले गलत सूचना दिएको पुष्टि भए कारबाही हुन्छ,' उनले भने, 'कसको खोरमा के भएको छ, तत्काल सरकारी निकायमा जानकारी गराउनुपर्छ ।' बैठकले भक्तपुरबाट हुने पन्छी तथा पन्छीजन्य पदार्थको आयात र निर्यातमा कडाइ गर्ने निर्णय गरेको छ । कुखुरालगायत पन्छीजन्य पदार्थ निर्यात र आयात गर्दा क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएको छ । यसका लागि प्रहरीले लोकन्थली, मनोहरा पुल, सानोठिमी, जगाते, ताथली नाकामा जाँच गर्ने भएको छ । यसबाहेक अन्य स्थानमा पनि २४ सै घन्टा जाँच हुने भक्तपुर प्रहरी प्रमुख एसपी दिलीप चौधरीले बताए । सरकारी लाइसेन्स प्राप्त पशु चिकित्सकले पन्छी तथा पन्छीजन्य पदार्थ पूर्णरूपमा स्वस्थ भएको हस्ताक्षरयुक्त प्रमाणीकरण सहितको बिल र कागजात पेस गरेमा भने एक ठाउूबाट अर्को ठाउूमा लैजान पाइने भएको छ । 'पशु चिकित्सकले स्वस्थ भनी प्रमाणित नगरेको र बिक्रीको बिलमा हस्ताक्षर नभएको कुखुरामा रोक लगाएका छौं,' प्रजिअ दवाडीले भने । मरेका कुखुरा बोरामा हालेर जथाभावी फ्याँक्ने गरेपछि यस्ता कार्यलाई नियन्त्रण गर्न बैठकले दस हजार रुपैयाँ जरिवाना र कारबाही गर्ने निर्णय गरेको छ । व्यवसायीले बर्डफ्लु नियन्त्रणका लागि जैविक सुरक्षाको तत्काल व्यवस्था गर्न निर्देशन दिएको छ । कुखुरा पालन व्यवसायी संघका अध्यक्ष तुलसीराम धुख्वाले बिरामी कुखुरा परीक्षणका लागि पठाइए पनि रिपोर्ट ढिला आउूदा रोग फैलिने गरेको बताए । भक्तपुरमा अहिले कति कुखुरा पालिएको छ ? कति मरे, कति बिक्री भयो र कति बाँकी छन्, त्यसको तथ्यांक तत्काल लिइने भएको छ । पशु कार्यालयका अनुसार भक्तपुरमा २ सय १६ कुखुरा फर्म छन् ।
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.