भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्र विकास बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैतासहितको टोलीले चलचित्र कल्याण कोषका लागि १ करोड रुपैयाँ माग गरेको छ।
प्रधानमन्त्री ताथ मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मीको कार्यालयमा पुगेर टोलीले मागसहितको पत्र बुझाएको हो । केही दिन अघि अध्यष रेग्मीले कोषका लागि पहल गर्ने वचन दिएका थिए ।
सोही अनुसार टोलीले आज रेग्मी र संचारमन्त्री माधवप्रसाद पौडेल समक्ष मागपत्र बुझाएका हुन् । टोलीमा धर्मेन्द्रसहित कोष संयोजक बसुन्धरा भुषाल, एनएफडीसी अध्यक्ष उद्धव पौडेल, अभिनेत्री करिश्मा मानन्धर थिए ।
बोर्ड प्रवक्ता अनुपम निरौलाका अनुसार सिनेमाको संरक्षण र वृत्ति विकासका लागि सरकार लागिपर्ने भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.