Widgets

Home » » 'गोर्खा कप'मा पुरस्कार करिब २१ लाख

'गोर्खा कप'मा पुरस्कार करिब २१ लाख

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

football

काठमाडौ, जेष्ठ ८ - ब्रिटिश गोर्खा कपको रूपमा तीन संस्करण आयोजनापछि नयाँ नाम दिइएको 'गोर्खा कप'मा १९ लाख ५० हजार रुपैयाँ र एक मोटरसाइकल पुरस्कार दिइने भएको छ । गत वर्षको पुरस्कार पनि उति नै थियो । राजधानीका 'ए' डिभिजनका १३, 'बी' डिभिजनका १ र मोफसलका दुई क्लबले बिहीबारदेखि प्रतिस्पर्धा गर्ने गोर्खा कपको च्याम्पियनले १० लाख पाउनेछन् । उपविजेताको भागमा ५ लाख हुनेछ । सेमिफाइनलमा रोकिने दुई क्लबले १-१ लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ -एन्फा) का महासचिव धीरेन्द्र प्रधानले बताए । लिग कम नकआउटको आधारमा असार १ गतेसम्म हुने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई ५०-५० हजार दिइनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिने प्रधानले बताए । कुल ५४ लाख खर्च हुने प्रतियोगिताका निम्ति मुख्य प्रायोजक गोर्खा ग्रुपले २० लाख उपलब्ध गराएको छ । सहभागि सबै क्लबलाई ५०-५० हजार रुपैयाँ तयारी खर्च एन्फाले दिनेछ । मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनाल (झापा), 'बी' डिभिजन विजेता देशभक्त युवा क्लब (नवलपरासी) लाई काठमाडौं आवतजावत र खाने-बस्ने -दैनिक ६ सय) खर्च उपलब्ध गराउने बताइएको छ । अघिल्ला तीन संस्करणमा राजधानीका 'ए' डिभिजन क्लबले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । राजधानीका 'बी' डिभिजन र मोफसलका क्लबले पहिलोपल्ट गोर्खा कप खेल्न लागेका हुन । राजधानीको 'ए' डिभिजनका १४ क्लबमध्ये एनआरटी मात्र गोर्खा कप खेल्ने छैन । उसले वैशाख दोस्रो साता नै फुटबल केही वर्ष नखेल्ने घोषणा गरेको छ । डिफेन्डिङ च्याम्पियन पुलिसले बिहीबार हुने उद्घाटन खेलमा मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनालविरुद्ध खेल्नेछ । त्यही दिन सरस्वती र मछिन्द्र पनि भिड्नेछन् । चार समूहका शीर्ष दुई क्लबले नकआउट चरणमा प्रवेश पाउनेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger