भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ जेठ, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भीर त्रुटी पाइएको छ । दुर्लुङ गाविस-६ की माया गुरुङलाई दिइएको नागरिकतामा लिङ्ग परिर्वतन गरी महिलालाई पुरुष बनाएको पाइएको हो ।
आफू महिला भए पनि नागरिकतामा पुरुष लेखिएको थाहा पाएपछि गुरुङ चार वर्षपछि नागरिकता परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय पर्वत आउनुभएको हो । ‘महिलाको फोटो टाँसिएको र महिला भन्ने प्रमाणित हुँदाहुँदै नागरिकतामा ‘पुरुष’ लेखेर दिइएको छ’ उहाँले भन्नुभयो ।
गुरुङको २०४४ साल माघ १७ गते नागरिकता जारी गरिएको भए पनि २०६६ साल भदौ २९ गते प्रतिलिपि लिएको नागरिकतामा उल्लेख गरिएको छ । नागरिकतामा के लेखिएको छ भन्ने थाहा नभएको र हाल छोरीले विदेश बोलाएपछि पासपोर्ट बनाउन जाँदा बल्ल थाहा भएको गुरुङले बताउनुभयो ।
प्रतिलिपिमा २०६६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दहालले हस्ताक्षर गरेर दिएको नागरिकतामा ‘पुरुष’ लेखिएको हो । नागरिकतामा भएको पुरुष भन्ने शब्दले काम गर्न गाह्रो भएपछि प्रशासनमा लिएर गएको र नागरिकतामा गल्ती भएको देखेेपछि एक कर्मचारीले हतारमा हातैले “म” लेखेर पठाएको गुरुङले बताउनुभयो ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसँग सम्पर्क गर्दा मानवीय गल्ती भएको र त्यसलाई सच्याएर मिलाउन सकिने प्रतिक्रिया दिनुभयो । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.