Widgets

Home » » नेपाली क्रिकेट टोली आज भारत जाने

नेपाली क्रिकेट टोली आज भारत जाने

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१० जेठ, काठमाडौं । ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोली आज भारतको देहरादुन जाँदैछ । युवा कप्तान पृथु बाँस्कोटाको कप्तानी तथा विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली आज धनगढी हुँदै भारत जानेछ । नेपाल क्रिकेट संघ क्यान ११ को नामले खेल्ने नेपाली टोलीमा डिभिजन थ्री जितेको राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका ८ खेलाडी टोलीमा हुने छैनन् । पारससँगै ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी क्यानडामा क्लब क्रिकेट खेल्न जाने तयारीमा छन् भने शरद भेसवाकर, राहुल विक र सुवास खकुरेल सामान्य चोटका कारण आराममा छन् । यस्तै अमृत भट्टराई र सञ्जम रेग्मीलाई भने टोलीमा समावेश नगरिएको क्यानले जनाएको छ । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले १ लाख भारतीय रुपैंया पुरस्कार पाउने छन् । नेपालले पहिलो खेल मे २६ मा एयर इन्डियासंग खेल्नेछ । नेपाल रहेको समुहमा आएनजिसी, एयर इन्डिया र केजिके जयपुर रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger