Widgets

Home » » ग्यास उद्योगीको चेतावनी-कमिसन नबढाए सोमबारदेखि प्लान्ट बन्द गर्ने

ग्यास उद्योगीको चेतावनी-कमिसन नबढाए सोमबारदेखि प्लान्ट बन्द गर्ने

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gas

काठमाडौ, जेष्ठ १० - कमिसन वृद्धि र अन्य खर्चका लागि बारम्बार आन्दोलन गर्दै सरकारलाई थर्काउँदै आएका ग्यास उद्योगीले पुनः ३ दिने अल्टिमेटम दिएका छन् । उनीहरूले प्लान्ट धान्ने कमिसन र सञ्चालन खर्च उपलब्ध गराउनु पर्नेलगायत माग पूरा नभए सोमबारदेखि उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् । '१८ महिनासम्म धैर्यतापूर्वक प्रतीक्षा गर्‍र्यौं,' संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, 'सरकारले १५ दिन पर्खनुहोस्, जायज माग पूरा गर्छौं भनेर ढाँट्यो । अब कमिसन र सञ्चालन खर्च वृद्धि नभए उद्योग बन्द गर्नुको विकल्प छैन ।'ग्यास उद्योगीले हाल प्रतिसिलिन्डर ग्यासमा ढुवानी खर्च, मुनाफा, सञ्चालन खर्च, ओभरहेड कस्ट, बिक्रेता कमिसनलगायत सम्पूर्ण खर्चसमेत गरी २ सय १३ रुपैयाँ पाउँछन् । उनीहरूले ग्यास प्लान्ट धान्न त्यसमा ५७ रुपैयाँ ९२ पैसा थप्नुपर्ने माग राखेका छन् । 'हाल उपलब्ध सञ्चालन खर्च, मुनाफा, विक्रेता कमिसनलगायत सम्पूर्ण खर्चमा कम्तीमा ५७ रुपैयाँ ९२ पैसा थपिदिनुपर्छ भन्ने हाम्रो माग हो,' घिमिरेले भने, 'त्यति रकम नथपिदिए उद्योग चलाउन सक्दैनौं । आइतबारसम्म माग पूरा नभए सोमबारदेखि उद्योगीले आआफ्नो उद्योग ताला लगाउने छन् ।'उद्योगीलाई प्रतिसिलिन्डर ग्यासमा २८ रुपैयाँ कमिसन छ । आयल निगमकै विश्लेषणअनुसार अहिलेको अवस्थामा घाटामा नजान प्रत्येक ग्यास प्लान्टले मासिक ४ सय मेटि्रक टन ग्यास पाउनुपर्छ । तर निगमले हरेक प्लान्टलाई त्यति ग्यास उपलब्ध गराउन सकेको छैन । संघले पटकपटक अध्ययन गराई पेट्रोलपम्पको कमिसन बढाइएको तर तिनै अध्ययनका सिफारिसअनुसार ग्यासमा कमिसन नबढाइएको जनाएको छ । निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०६८ पुस, २०६९ साउन र फागुन गरी ३ वटा छुट्टाछुट्टै समितिबाट पेट्रोलीयम व्यवसायीको कमिसन र सञ्चालन खर्च बढाउने सम्बन्धमा अध्ययन गराएको छ । ती अध्ययनले कमिसन समयसापेक्ष तथा वैज्ञानिक बनाउन सुझाव दिएका छन् । पछिल्लो पटक गठित पुष्कर बज्राचार्य संयोजकत्वको समितिले गरेको अध्ययनले त ग्यासमा ढुवानी भाडा तथा कमिसन बढाउन सुझाव दिएको छ । यी अध्ययन भीम आचार्य संयोजकत्वको उच्चस्तरीय आयोग तथा सरकारी निर्णय विपरीत छ । तर तिनै अध्ययनको सिफारिसका आधारमा भए पनि निगम सञ्चालकले पेट्रोल, डिजेल र हवाई इन्धनको ढुवानी भाडा तथा पम्पको कमिसन बढाएका छन् । ग्यासमा भने सञ्चालन खर्च, कमिसन र ढुवानी भाडा वृद्धि गरिएको छैन । पेट्रोलिय ढुवानी व्यवसायी महासंघ र पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले करिब ९२ लाख रुपैयाँ उठाए लगत्तै निगम सञ्चालकले पेट्रोल, डिजेल र हवाई इन्धनको ढुवानी भाडा तथा पम्प कमिसन वृद्धि गरेको थियो । उक्त घटना सार्वजनिक भएलगत्तै निगम सञ्चालकले केही समय कमिसन तथा ढुवानी भाडामा गरिएका वृद्धि स्थगन गरेको थियो । 'हामीले कमिसन र सञ्चालन खर्च वृद्धिजस्तो जायज माग पूरा गराउन पैसा उठाएनौं,' एक ग्यास उद्योगीले भने, 'त्यही भएर पटकपटकको अध्ययनले कमिसन तथा सञ्चालन खर्च वृद्धिमा सकारात्मक सुझाव दिए पनि त्यो कार्यान्वयन भएन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger