Widgets

Home » » कञ्चनजंघा आरोहण गरेर फर्कदै गरेका पाँचको मृत्यु

कञ्चनजंघा आरोहण गरेर फर्कदै गरेका पाँचको मृत्यु

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ जेठ, ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कदै गरेका पाँच जनाको ज्यान गएको छ । हिम पहिरोमा परी दुई जना हङगेरियन, दुई जना कोरियन र एक जना नेपालीको मृत्यु भएको याम्फुदिन गाविसस्थित याम्फुदिन गेष्ट हाउसका छिरिङ शेर्पाले टेलिफोनमा बताएका छन् । जेठ ६ गते नै मृत्यु भएका उनीहरुको अवस्था स्थानियले बिहीबार मात्रै सार्वजनिक गरेका हुन । उनीहरुको शव अहिलेसम्म पनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको शेर्पाले बताए । उनीहरु सेभेन समिट ट्रेकिङ एजेन्सी र छोयु टे्रकिङ एजेन्सीबाट आएका थिए । साउथ बेसक्याम्प हुँदै आरोहण गरेको टोलीको अझै उद्धार नभएको शेर्पाले बताए । कञ्चनजंघा संरक्षण आयोजनाले भने आफुहरुले पनि सुनेको तर आधिकारीक पुष्टि भईनसकेको बताएको छ । टेलिफोन सम्पर्क नहुने उत्त स्थानबाट भरियाहरु याम्फुदिन आएपछि मात्रै आफुहरुलाई जानकारी भएको स्थानियबासीले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger