Widgets

Home » » चिडियाखानाको नयाँ आकर्षण : ‘इमु’का चल्ला (फोटो फिचर)

चिडियाखानाको नयाँ आकर्षण : ‘इमु’का चल्ला (फोटो फिचर)

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय चरा ‘इमु’ यतिखेर सदर चिडियाखानाको आकर्षण बनेको छ । इमुको जोडीले रहरलाग्दा चारवटा चल्ला कोरलेपछि यसले चिडियाखानाको आकर्षण थपेको हो । ललितपुर जावलाखेलस्थित चिडियाखाना घुम्न जानेहरु इमुका चल्ला देखेर दंग पर्छन ।1
माघको अन्तिम हप्ता अण्डाबाट निस्केका चारवटा चल्ला ठूला भैसकेका छन् । बच्चा हुर्काउन समस्या नभएको चिडियाखानाका अधिकारी बताउँछन् । ‘यहाँको हावापानी अनुकूल हुने रहेछ, केही समस्या भएन’ चिडियाखानाका बरिष्ठ भेटनरी प्राविधिक राधाकृष्ण घर्तीले अनलाइनखबरसित भन्नुभयो-’अझ रोचक कुरा त पोथीले भन्दा भालेले बच्चालाई बढी स्याहार गर्ने रहेछ ।’ अरु जीवजन्तुमा पोथीले बच्चा हुर्काउने गरेपनि इमुको भने बाउ अर्थात भाले समेत ओथारो बस्नेदेखि चल्ला हुर्काउने सम्ममा सकृय देखिएको घर्तीले बताउनुभयो ।
नेपालको लागि नौला चरा इमुलाई दानाभन्दा बढी घाँस मन पर्छ । बदाम, गहुँ, गाजर, स्याउ, सागपातसँगै घाँस पनि खुवाइने गरिएको घर्तीले बताउनुभयो ।
नेपालमा चिडियाखाना बाहेक अन्यत्र यो चरा पाईंदैन । जिल्ला वन कार्यालय काठमाडौंले गएको बैशाखमा एक जोडी इमुको उद्दार गरी चिडियाखानामा बुझाएको थियो । यी जोडी कसरी नेपाल आइपुगेको हो भन्ने पत्तो लागेको छैन ।
अष्ट्रिज र इमु झण्डै उस्तै
संसारकै सबैभन्दा ठूलो पंक्षी अस्ट्रिज र इमुलाई चिडियाखानामा सँगसँगै राखिएको छ । हेर्दा उस्तै हुने भएकाले इमुलाई पनि दर्शकले अष्ट्रिज जस्तो ठान्ने गरेका छन् । त्यसमाथि अहिले चिडियाखानाको पर्खाल पुनर्निर्माण गर्ने काम भैरहेकाले इमुको जोडी र चल्लालाई नजिकबाट गएर हेर्न नमिलेको दर्शकको गुनासो छ । दर्शकलाई अवलोकनमा सजिलो र सुविधा हुनेगरी काम भैरहेको चिडियाखानाकी निर्देशक सरिता ज्ञवालीले बताउनुभयो ।
2
3
4
6

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger