भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

एकीकृत माओबादीका नेता बर्षमान पुन अनन्तले आफुहरुसंगको सहकार्यविना मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको अस्तित्व नै नरहने दावी गर्नु भएको छ । आगामी निर्वाचनमा कार्यगत एकतावाट अघि वढ्न पहल भईरहेको भन्दै नेता पुनले कार्यगत एकता नभए वैद्य माओवादीको अस्तित्व नै मेटिने वताउनु भयो । क्रान्तिकारी पत्रकार संघ दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले भन्नुभयो,’ चुनाव बहिष्कार गरे त्यो मोहन वैद्यजीहरुलाई नै आत्माती हुन्छ । त्यसैले आफ्नो अस्तित्व कायम राख्न हाम्रो पार्टीसंग मिलेर चुनाव लड्नु पर्छ ।’ उहाँले निर्वाचन वहिष्कार गर्न वैद्य माओवादीले थालेको चुनाव वहिष्कार अभियान जनतामाझ प्रचार प्रसार गर्ने रणनिति भएको वताउनु भयो । पुनले चुनाव बहिस्कारको मुद्दा बैद्य माओबादीको चुनावी ऐजेण्डा भएको समेत दावी गर्नुभयो । पुनले आगामी असारको ४ गतेका लागि निर्वाचनको मिति घोषणा हुने दावी गर्नु भयो । मुलुक चुनावमा होमिसकेकाले मौसमी प्रतिकुलता वाहेक अरु कसैले पनि निर्वाचन विथोल्न नसक्ने पुनको भनाई छ । उहाँले वैद्य माओवादी लगायत अन्य

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.