Widgets

Home » » नराम्रो होइन, आइटम नम्बर: काजोल

नराम्रो होइन, आइटम नम्बर: काजोल

Written By sangalo on Thursday, March 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

kajol

'कुछ कुछ होता है' नायिका काजोल बलिउडमा मौलाएको आइटम नम्बरको ट्रेन्डलाई नराम्रो मान्दिनन्। यदि स्त्रि्कप्ट अनुसार आइटम नम्बर आवश्यक छ भने आइटम नम्बर राम्रो भएको काजोल बताउँछिन्। गत साता एक कार्यक्रममा सहभागी काजोलले फिल्ममेकर करण जोहरसँगको कुराकानीमा कथा अनुसार आवश्यक छ भने आफूलाई पनि आइटम नम्बर गर्न कुनै आपत्ति नहुने बताइन्। सो कार्यक्रममा करणले काजोललाई यदि उनलाई 'द डर्टी पिक्टर' मा अभिनय गर्न अफर आयो भने अभिनय गर्ने कि नगर्ने भन्ने प्रश्नमा अब आएर एउटा आमा भइसकेको अवस्थामा त्यो खालको भूमिकामा अभियन नगर्ने बताइन्। अहिले आएर त्यस्तो खालको रोल आफूलाई 'जस्टिफाई' नगर्ने बताइन्। उनले आफू अभिनय गर्न खोजे पनि मनपर्ने खालको स्त्रि्कप्ट फेला नपरेकोले अभिनयतिर नआएको पनि बताइन्। बक्स अफिसमा हिट हुने खालको फिल्म नभए पनि राम्रो स्त्रि्कप्ट आए आफू अझै पनि अभिनय नछोड्ने काजोल बताउँछिन्। चुलबुले नायिकाको रुपमा चर्चित काजोल अझै पनि चहिति नायिका हुन्। - एजेन्सी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger