भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाण्डौं । राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन छनोट भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीलाई अफि्रकी मुलुक सुडानले भिसा दिन अस्वीकार गरेको छ । सुडानले तीनपटकसम्म प्रक्रिया चलाउँदा पनि भिसा दिएको छैन् ।
सुडान शान्ति मिसनमा जान १६ महिनादेखि नेपाल प्रहरी र सशस्त्रका सयभन्दा बढी अधिकारीहरु प्रतीक्षामा छन् । तर, पटक पटक आग्रह गर्दा पनि सुडानले भिसा नदिएपछि प्रहरी प्रधानकार्यालयले गृहमन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रहरीको पत्रमा सुडानले अन्य देशका प्रहरीलाई भिसा दिए पनि नेपाल प्रहरीलाई नदिएकाले कूटनीतिक पहल गरिदिन आग्रह गरिएको छ । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको आग्रहसहित पहलका लागि ६ चैतमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रहरी प्रवक्ता डिआईजी केशव अधिकारीले भिसामा ढिलाई भएपछि कूटनीतिक पहल सुरु गरिएको बताए । उनले भने ‘छनोट भएकालाई सुडान पठाउने काम भईरहेको छ,’ नयाँ पत्रिकामा खबर छ ।
शान्तिमिसनमा जाने सम्बन्धी भिसाको पहल गर्ने काम न्युयोर्कस्थित नेपालको राष्ट्रसंघीय स्थायी नियोगको हो । सो मिसनमा नेपाली सेनाका कर्णेल प्रमुख हुने गरी छुट्टै शाखा समेत रहेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.