भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाण्डौं । निर्वाचन आयोगले संविधानसभाको दोस्रो निर्वाचनको तयारीका बारेमा आज छलफल गर्ने भएको छ । बैठकमा असारको पहिलो साता निर्वाचन गरिसकिने सम्भावनाका विषयमा छलफल हुनेछ । आयोगले पूर्णता पाएसँगै आज बैठक बसेर आगामी निर्वाचनका बारेमा छलफल गर्न लागेको आयोगले जनाएको छ ।
बैठक दिउँसो बस्ने भएपनि समय यकिन गर्न बाँकी रहेको प्रवक्ता अनिलकुमार ठाकूरले जानकारी दिनुभयो । बैठकले अहिले सम्म गर्नुपर्ने काम र यसअघि भइसकेका कामको सूचि तयार गरेपछि सरकारसँग निर्वाचनको मितिका विषयमा छलफल गर्नेछ ।
आयोगको बैठक बसेपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरुसँग पनि छलपफल हुनेछ । असारमा नै निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेकाले त्यसै अनुसारको तयारी हुने पनि उहाँले जानकारी दिनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.