भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उनको उमेरका मान्छे बुढेसकाल लाग्यो भन्दै आराम गर्न लालायित हुन्छन् । तर, यी ७० बर्षे मानिसको दीनचर्या भने बेग्लै छ ।
उनको जीउको बनावट हेर्दा कसैले पनि भन्दैन उनी ७ दशक पुरा गरिसके भनेर । उनी अर्थात् सोनी ब्रायन्ट जुनियरको दैनिकी सुन्नुभयो भने तपाईलाई लाग्ने छ- यी बुढाचाहिँ जब्बर रहेछन् ।
उनको दिनचर्या जवान बडी बिल्डरहरुको जस्तै छ । दिनमा दुईपटक जीमखाना धाउँछन र खुव पसिना बगाउँछन् । शरीरलाई फिट राख्न दिनमा १ सय ८० ग्राम प्रोटिन खान्छन् ।
१ सय ९३ किलो तौल उठाउने उनी अझै विश्राम लिने योजनामा छैनन् । खेल जीवनबाट कहिले अबकाश लिने भनेर सोध्नेहरुलाई उनको जवाफ हुन्छ- कहिल्यै रिटायर्ड हुन्न् ।’
जर्जियाका बडी बिल्डर ब्रायन्टको जीवन यात्रा भने बडो रोचक छ । ४४ वर्षको उमेरमा दोस्रो विवाह पनि असफल भएपछि उनी जिममा पुगेका थिए । उनी सुरुमा तनाव मुक्त हुन जिम जान्थे ।
जिम जाने क्रममा प्रशिक्षकले बडी बिल्डिङ प्रतियोगितामा भाग लिन्छौ भनेर सोध्दा ‘हुन्छ’ भनिदिए । पहिलो पटक जर्जियामा भएको प्रतिस्पर्धामा भाग लिएका उनले तेस्रो स्थान हाँसिल गरे ।
त्यसपछि उनी एकपछि अर्को गर्दै सफलताको सिढी चढ्दै गए । गत गर्षको जुलाईमा उनले आईएफबीएफ बडी बल्डिङ एण्ड फिगर च्याम्पियनसिपमा भाग लिए । जहाँ उनले आफूभन्दा १७ वर्ष कान्छा प्रतियोगीलाई पछि पार्दै उपाधि जिते ।
उनको करियरको सुरुवात भने आर्मीबाट भएको थियो । सात वर्षको सेवापछि स्वास्थ्यको कारण देखाउँदै उनलाई हटाइएको थियो ।
एजेन्सीको सहयोगमा1
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.