Widgets

Home » » सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

मोबाइल टेक्स म्यासेज (एसएमएस) रिप्लाई गर्दा सतर्क हुनु पर्ने अवस्था आएको छ। तपाईंको एसएमएस रिप्लाई ह्याकरको हातमा पुग्न पनि सक्छ। सुरक्षा विशेषज्ञहरुका अनुसार मोबाइल फोनको सिम कार्डबाट जासुसीको खतरा बढ्दै गएको हो। यो प्रविधिमार्फत् ह्याकरले तपाईंको मोबाइको सबै डाटा चोर्न पनि सक्छन्। यसका लागि तपाइँलाई ह्याकरले कुनै खास सन्देश पठानेछन्। मोबाइल फोन सुरक्षा विशेषज्ञ कास्टन नोलले भनेका छन्— 'अपराधीहरुले यो प्रविधिको गलत प्रयोग गरेर प्रयोगकर्ताको निजी कुराकानी सुन्न पनि सक्नेछन् र उसको ब्यालेन्स चोर्न पनि सक्छन्।' मोवाइल कम्पनिसँग सम्वन्धित संस्था जीएसएमएले यो पछिल्लो जानकारी बारे आफुले अनुसन्धान गरिरहेको बताएको छ । कसरी हुन्छ ह्याकिङ नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् । सिम (सस्क्राइबर आइडिन्टिटी मोड्यूल) कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् । यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ । उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा 'जाभा' मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् । अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger