Widgets

Home » » मनकामना केवलकारको भाडा बढ्यो

मनकामना केवलकारको भाडा बढ्यो

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ साउन, गोरखा । मनकामना केवलकारले टिकट मूल्य १ सय ५० रुपैयाँले बढाएको छ । यसअघि ४ सय २५ टिकट मूल्य रहेकोमा साउन १ गतेदेखि लागू हुनेगरी ५ सय ७५ रुपैयाँ पुर्‍याइएको हो ।
manakamanaहालसम्म नेपाली र भारतीयका लागि ४ सय २५ रुपैयाँ टिकट दर रहेको थियो भने तेस्रो मुलुकका लागि १५ डलर पर्दथ्यो । अहिले तेस्रो मुलुकका पर्यटकका लागि २० डलर तोकिएको छ । सवै क्षेत्रमा महंगी बढेकाले टिकटको भाउ बढाउनुपरेको कम्पनीका सहायक स्टेशन म्यानेजर उज्जल शेरचनले जानकारी बताए ।
एक बर्षमा साढे ९ लाख यात्रु
गत आर्थिक बर्षमा मनकामना केवलकारमा करिव साढे ९ लाख यात्रुले यात्रा गरेको केवलकार ब्यबस्थापनले जनाएको छ । जसमध्ये ८ लाख ६३ हजार ८ सय ९३ नेपाली, ९९ हजार ७ सय ४० भारतीय र ५ हजार ३ सय ५३ जना तेस्रो मुलुकका यात्रु रहेका छन् ।
२०५५ सालबाट संचालन भएको केवलकारमा हालसम्म करिव ८९ लाखले यात्रा गरिसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger