Widgets

Home » » अध्यक्ष नपाएपछि ‘पप्पु’ को सल्लाहाकारमै चित्त वुझाइन् रेखाले

अध्यक्ष नपाएपछि ‘पप्पु’ को सल्लाहाकारमै चित्त वुझाइन् रेखाले

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप गरेपनि नायिका रेखा थापाका लागि त्यो असम्भव जस्तै भयो । रेखालाई न त सरकाले नै स्विकार गर्‍यो न त चलचित्रकर्मीले नै बोर्ड अध्यक्षका लागि स्विकार गरे । बोर्ड अध्यक्ष बन्न नपाएपछि रिसले आगो हुँदै अमेरिका हानिएकी रेखा एक महिनापछि नेपाल फर्किइन् ।नेपाल फर्किएपछि बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ सँग निकट भएपछि रेखालाई केही फाइदा देखिएको छ । नायिका थापाको इशारामा बोर्ड अध्यक्ष चल्ने गरेको हल्ला पनि सिने नगरीमा नसुनिएको होइन । रेखासँग ‘पप्पु’ नजिक छन् भन्ने कुराको प्रमाण हालै मात्र देखिएको छ । बोर्ड अध्यक्ष बनेपनि खासै केही काम गर्न नसकेर असफल ठहरिदै गएका ‘पप्पु’ले रेखाको सल्लाहामा अगाडी बढ्ने ठहर गरेका छन् ।
यसैले चलचित्र बिकास बोर्डमा जम्बो सल्लाहाकार टोली नियुक्त गरिएको छ । वुधबार चलचित्र बिकास बोर्डको कार्य समितिको बैठक बसी रेखा सहित अन्य विभिन्न चलचित्रकर्मीलाई सल्लाहाकार पदमा नियुक्त गरिएको हो । जसमा नायक शिव श्रेष्ठ, निर्माता अशोक शर्मा, राजेन्द्र सलभ, तब्बानाथ शुक्ला, राजकुमार पाखेरल छन् । एक जनाको नाम अहिलेसम्म सार्वजनिक नभए पनि नायिका झरना थापा हुनसक्ने हल्ला सिने नगरीमा चल्न थालेको छ । ‘पप्पु’ बोर्ड अध्यक्ष भएलगतै नायिका झरना थापाको नाम अघि आएको थियो ।
‘पप्पु’ सँग गाजा तानेदेखि चर्चामा रहेकी रेखा दोलखामा पनि उनिसँगै देखिएपछि झनै चर्चामा थिइन् । काम केही गर्न नसकेको बोर्डमा जम्बो सल्लाहाकार टोलीको आवश्यकता किन पर्‍यो, यो ‘पप्पु’ ले नै जान्ने कुरा हो । तर नायिका रेखा थापालाई भने बोर्ड अध्यक्ष बन्न नपाएपनि सल्लाहाकार पद पाएर केही राहत मिलेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger