Widgets

Home » » डान्सबारमा सुष्माको उत्तेजक शौलीमा....

डान्सबारमा सुष्माको उत्तेजक शौलीमा....

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


लाजिम्पाटको व्यस्त सडकमा गाडीहरूको चर्को आवाज छ । हिँड्नेहरूका आवाज मधुरो मात्रै सुनिन्छ । अनि, त्यही कोलाहलबीच कुनै घरबाट सिठी र तालीको आवाज पनि चर्कै आइरहेछ । बेलाबेलामा गतिलो हुटिङ चलिरहेछ । अनुमान लगाउन सकिन्छ– पक्कै भित्र कुनै विशेष सेलिब्रेसन चलिरहेछ । भित्र छिर्दा देखियो, डान्सबारको जस्तो माहोल । जहाँ कलाकार सुष्मा कार्की उत्तेजक शैलीमा कम्मर हल्लाइरहेकी छन् । सुष्माको नृत्यमा दर्शकदीर्घबाट सिठीको आवाज र तालीको पर्रा छुटिरहेको रहेछ । सुष्माका कामुक अदाहरूमा लठ्ठ दर्शक नृत्यमा झुम्दै स्टेजतिर बढिरहेछन् । सुष्मा सकेजति दर्शकलाई आफ्नो मोहजालमा लठ्ठ पार्न तम्सिरहेझैँ लाग्दै छिन् । यत्तिकैमा नायक जीवन लुइँटेल पनि देखिए । साथीसँग बसेर नृत्यको मजा लिइरहेका उनी पनि स्टेज चढ्न के लागेका थिए, कतैबाट आवाज आयो– कट । नृत्य गरिरहेकी सुष्मा टक्क अडिइन् । उठेका दर्शकहरू सबै फेरि आआफ्नै सिटमा बसे । प्रसंग हो– चलचित्र ‘नोटबुक’ को । बुधबार लाजिम्पाटस्थित दि थर्ड नाइट बारमा यसको सुटिङ भइरहेको थियो । कलाकारहरू सुष्मा कार्की, जीवन लुइँटेल र नवनायक सेनसिंह सापकोटा सट दिइरहेका थिए । चलचित्रमा जीवनले जहिल्यै काममा मात्र लागिपर्ने युवकको भूमिका गरेका छन् भने अर्का नायक सेनसिंह मस्ती गर्दै हिँड्ने भूमिकामा छन् । साथी सेनसिंहको लहलहैमा लागेर जीवन पनि सो बारमा आइपुग्छन् । जहाँ अहिले उनीहरू सुष्माको उत्तेजक नृत्यको मजा लिइरहेका छन् । ‘आज यही सिनको छायांकन गरिएको हो,’ नृत्यनिर्देशक कविराज गहतराजले प्रस्ट्याए । सुष्माले बारमा आइटम डान्स गर्ने केटीको भूमिका निर्वाह गरेकी छन् । ‘नायकहरूलाई नृत्यमार्फत उत्तेजित गरेर आफूतर्फ आकर्षित गराउनुपर्ने आइटम गीत छ, अहिले त्यसैमा नाचेकी हुँ,’ सुष्माले भनिन् । यो आइटम गीतमा आफूले चलचित्र लुटमा भन्दा पनि बढी ग्ल्यामर दिएकाले यसले झनै बढी चर्चा कमाउने दाबी उनले गरिन् । ‘साँच्चिकै बार डान्सरजस्तो देखियोस् भनेर निक्कै ग्ल्यामर दिएकी छु,’ सुनाइन् । प्राय: लभर ब्वाइको भूमिकामा देखिँदै आएका जीवन यसमा चाहिँ आफ्नै मिसनमा मात्रै ध्यान दिइरहने लप्पनछप्पन नजान्ने इनोसेन्ट केटाको भूमिकामा रहेछन् । ‘लप्पनछप्पन नजाने पनि साथीको लहलहैमा लागेर बारमा आउने दृश्य छ, अहिले त्यसैमा अभिनय गरिरहेछु’ जीवनले भने, ‘साथीको बहकाइमा लाग्दा राम्रो–नराम्रो सबै ठाउँमा पुग्नुपर्ने हुन्छ ।’ सेनसिंहले यसै चलचित्रमार्फत नायकका रूपमा रजतपटमा डेब्यु गर्दै छन् । ‘यौनप्यास मेट्न केटी खोज्दै बारसम्म आउने चन्चले तर बिग्रेको केटाको भूमिकामा छु,’ उनले प्रस्ट्याए । प्रज्ञा जोशीले निर्माण गरिरहेको यो चलचित्र योगेश घिमिरेले निर्देशन गरिरहेका छन् । यसअघि तीन चलचित्र निर्माण गरिसकेकी प्रज्ञाले यसमा पनि आफूले कुनै कन्जुस्याइँ नगरेकाले चलचित्रले सफलता हात पार्ने विश्वास सुनाइन् । प्रज्ञाका यसअघिका तिनै चलचित्रका निर्देशक पनि योगेश नै थिए । यसमा जीवन र सेनसिंहका साथमा नीता ढुंगाना, सुनील थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger