Widgets

Home » , » चिडियाखानाका जनावरलाई मान्छेको भन्दा राम्रो खाना बाघलाई 'डाइटिङ'

चिडियाखानाका जनावरलाई मान्छेको भन्दा राम्रो खाना बाघलाई 'डाइटिङ'

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ चैत, काठमाडौं । घरमा पालिने जीवजन्तुलाई धेरैले बासी, सडेगलेका र बढी भएका खानेकुरा खुवाउने गर्छन् । तर देशको एकमात्र चिडियाखानामा पालिएका जीवजन्तुले भने कहिल्यै पनि बासी र सडेगलेका खानेकुरा खान परेको छैन । चिडियाखाना प्रशासनका अनुसार जीवजन्तुलाई स्वस्थ र सन्तुलित खानेकुरामा जोड दिइएको छ ।7
‘ठेकेदारले सम्झौता अनुसार गुणस्तरीय खानेकुरा ल्याएन भने हामीले फिर्ता गराउँछौं र जरीवाना समेत तिराउँछौं’ चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताउनुभयो । १ सय १६ प्रजातिका झण्डै ८ सय जनावरलाई उनीहरुको रोजाई अनुसार खानेकुरा खुवाइने गरिएको उहाँले बताउनुभयो ।tiger-1
मोटाएपछि बाघको भोजन घटाइयो
चिडियाखानामा रहेका चारवटै बाघ अहिले निकै मोटा भएका छन् । आहाराको लागि शिकार पनि गर्न नपर्ने र भोक लाग्ने बित्तिकै खानेकुरा भेटिहाल्ने भएकाले बाघ मोटाएका हुन् । त्यसैले अहिले बाघलाई खानेकुरा घटाइएको छ । 4पहिले भाले बाघलाई ६ किलो र पोथी बाघलाई ५ किलो मासु दिने गरिएकोमा अहिले एकएक किलोको दरले घटाइएको चिडियाखाना प्रशासनले जनाएको छ ।2
बाघ, भालु लगायतका जनावरलाई खुवाउने खानेकुरा र दिने तरीकाको विषयमा चिडियाखानाले आइतबार पत्रकारहरुलाई जानकारी समेत गराएको थियो । पत्रकारलाई नै जनावरको खोरसम्म पुगेर आफैंले खानेकुरा दिने व्यवस्था मिलाइएको थियो ।3
नयाँ जनावरको रुपमा रेडपान्डा
तीन हप्ताअघि रामेछापबाट उद्दार गरेर ल्याइएको रेडपान्डा चिडियाखानाको नयाँ जनावर भएको छ । तर यसलाई अझै प्रदर्शनीमा राखिएको छ । अहिले बिरामी भएकाले उपचारमै रहेको र केही दिनपछि दर्शकको अवलोकनका लागि राखिने चिडियाखानाले जनाएको छ ।
8
9
6

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger