Widgets

Home » , » ब्लाकबेरीले बेच्यो १० लाख स्मार्टफोन, स्थिति अझै नाजुक

ब्लाकबेरीले बेच्यो १० लाख स्मार्टफोन, स्थिति अझै नाजुक

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले आफ्नो पछिल्लो स्मार्टफोन जेड १० ले बजार तताएको दाबी गर्दै अहिलेसम्म १० लाख वटा स्मार्टफोन बेचिसकेको बताएको छ ।
गएको वर्षको घाटालाई भुलाउने गरी यो वर्षको पहिलो त्रैमासिकमा ९ करोड ८० लाख अमेरिकी डलर नाफा कमाएको पनि ब्लाकबेरीले जनाएको छ । स्मार्टफोनको पछिल्लो संस्करणको बिक्रि अपेक्षा भन्दा निकै राम्रो रहेको दाबी गर्दै उसले बिक्रिको यो संख्या अमेरिकी बजार बाहेकको मात्र रहेको पनि स्पष्ट पारेको छ ।
blackberry-z10-16
एप्पल तथा सामसुङ लगायतसँग प्रतिस्पर्धामा निकै पछि रहेको ब्लाकबेरीका लागि बजारमा टिकिराख्न स्मार्टफोनको जेड १० निकै महत्वपूर्ण देखिएको विश्लेषकहरुले बताएका छन् । यो स्मार्टफोन पछिल्लो एक महिनादेखि बेलायत, क्यानडा लगायतका बजारमा बिक्रिमा छ । त्यस्तै एक हप्ताअघि अमेरिकामा पनि यसको बिक्रि सुरु गरिएको थियो ।
पछिल्लो स्मार्टफोनले ब्लाकबेरी केही उत्साही देखिएको भएपछि तथ्यांकले भने कम्पनीको स्थिति सन्तोषजनक नरहेको देखाउँछ । तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ब्लाकबेरीका प्रयोगकर्ता ३० लाखले घटेका छन् । एक वर्षअघि ७ करोड ९० लाख जनाको हातमा ब्लाकबेरीका मोबाइल फोन रहेकोमा अहिले केबल ७ करोड ६० लाख जनाले मात्र ब्लाकबेरीका ग्याजेट बोकेका छन् । तर पछिल्लो तिन महिनामा आफुले ६० लाख स्मार्टफोन निर्माण गरी बजारमा पठाएको दाबी कम्पनीको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger