Widgets

Home » » गृहमन्त्रीकै कार्यकर्ताले जलाए सरकारी गाडी (तस्वीरसहित)

गृहमन्त्रीकै कार्यकर्ताले जलाए सरकारी गाडी (तस्वीरसहित)

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Government Vichele Fire
१ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्दिको विरोधमा आन्दोलनमा उत्रँदा प्रहरीले दमन गरेको भन्दै एमाले समर्थित युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंको मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि एउटा सरकारी गाडीमा आगजनी गरेका छन् ।
नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले दमन गरी संघका १२ जना बढी कार्यकर्ता घाइते बनाएको भन्दै युवा संघका कार्यकर्ताले बा १ झ ५६८० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् ।
आगजनीबाट गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । ‘हाम्रो  शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर १२ जना बढी नेता कार्यकर्तालार्इ घाइते बनाएको प्रतिकारस्वरूप गाडीमा आगजनी गरिएको हो’, युवा संघका प्रवक्ता प्रभात कटुवालले भने, ‘शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेकाले हामीले जवाफ दिएका हौं ।’
मोटरसाइकलमा आएका दुर्इजना युवा संघका कार्यकर्ताले आगजनी गर्दा गाडी पूरै नष्ट भएपछि आगजनीमा संलग्नको खोजीकार्यलार्इ तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
 नेकपा एमाले सरकारमा सहभागी छ । गृहमन्त्रालय एमाले उपाध्यक्ष वामदेव गौतमले सम्हालेका छन् । तर, सडकमा सरकारी गाडीमाथि एमालेकै भातृ संगठनका कार्यकर्ताले आगजनी गरेका छन् । र, उनीहरुले गर्वका साथ आफूहरुले आगजनी गरेको समेत स्वीकार गरेका छन् ।
यस्तो छ आगजनीको दृश्य
Gadi ma Aagjani 1 Gadi ma Aagjani 2 Gadi ma Aagjani 3
Gadi ma Aagjani 5
Gadi ma Aagjani 6
श्रोत :अनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger