भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो।
त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो।
योग र जीवन : लोकनाथ खनाल, योग प्रशिक्षक, पतञ्जली योग समिति

- दूध दिने गाईको मूत्रमा लेक्टोज पनि हुन्छ, जुन हृदयरोगीका लागि उपयोगी मानिन्छ।
- गोमूत्र सुतीको सफा कपडामा छानेर पिउनुपर्छ।
- कब्जियतलगायत पेटका कुनै पनि रोगमा गोमूत्रपान उपयोगी हुन्छ।
- गोमूत्रको नियमित सेवनले शरीरमा स्फूर्ति आउँछ, भोक बढ्छ, पाचन शक्तिमा वृद्धि हुन्छ।
- दाद आदि छालाका समस्यामा धतुरोको पात पिसेर गोमूत्रमा पकाउने र लेप लगाउने।
- कानको पीडा वा कानका अन्य समस्यामा गोमूत्रलाई मनतातो बनाएर एक-दुई थोपा हाल्ने।
- चिलाउनेलगायतका छालाको एलर्जीमा गोमूत्रमा निमको पात पिसेर मिसाई र लगाउने।
- कलेजोसम्बन्धी रोगमा पनि गोमूत्र लाभदायक हुन्छ।
- दाँतको पीडा, पायरिया आदि दन्त समस्यामा गोमूत्रले कुल्ला गर्ने।
- आँखाको समस्या हुनेहरूले दिनको दुई थोपा गोमूत्र हाल्नु राम्रो मानिन्छ।
- गोमूत्र हरेक बिहान खालि पेटमा सेवन गर्नु उत्तम हुन्छ।
- गोमूत्र स्थानीय गाईको हुनुपर्छ, जर्सी वा विकासे गाईको मूत्र त्यति उपयुक्त मानिँदैन। आयुर्वेदिक पसलहरूमा स्थानीय गाईको गोमूत्र बिक्रीका लागि राखिन्छ। वाष्फीकरण गरेर तयार पारिएको गोमूत्रको प्रयोग हितकर मानिन्छ।
हेल्थ टिप्स : पुरुषमा तनावको असर

- तनावका कारण हृदयरोगको जोखिम बढ्छ।
- तनावले शुक्राणुमा पनि असर गर्छ। यदि लामो समय तनाव कायम रह्यो भने यसको असर स्पर्ममा पनि पर्छ।
- तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना हुन्छ।
- अनुसन्धानबाट के पत्ता लागेको छ भने तनावमा रहने पुरुषहरू अर्काको भावनासँग सजिलै जोडिन सक्दैनन्।
फिटनेस टिप्स : व्यायामपछि के नखाने ?

मासु- व्यायामपछि मासुको मात्रा पनि घटाउनुपर्छ।
पाउरोटी- व्यायामपछि हाम्रो शरीरमा जुन किसिमको पोषक तत्व आवश्यक हुन्छ, त्यो पाउरोटीबाट प्राप्त हुँदैन। त्यसैले नास्ताका रूपमा पाउरोटी प्रयोग नगरौं।
फ्रुट डि्रंक- बजारमा अहिले विभिन्न किसिमका प|mुट डि्रंक उपलब्ध छन्, जसमा शुगरको मात्रा बढी हुन्छ, जसले शरीरमा ब्लड सुगरको स्तर बढाइदिन्छ।
काँचो तरकारी- काँचो तरकारी हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ तर, यसले तुरुन्तै शरीरलाई ऊर्जा प्रदान गर्दैन। त्यसैले व्यायाम पछि यस्तो खानेकुरा सेवन गर्नुपर्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ।
मेन्स गु्रमिङ

लाहुरे टिप्स : क्लासरुप प्राइभेट लिमिटेड
विनोद राई, कार्यकारी निर्देशक
सिंगापुर प्रहरीका लागि सोधिने अंग्रेजी प्रश्न वस्तुगत हुने भएकाले सबैभन्दा पहिलो अंग्रेजी विषयको प्रश्न समाधान गर्नु राम्रो हुन्छ। त्यसपश्चात् नेपालीमा एक शब्दको मात्र उत्तर हुने भएकाले नेपाली गर्नु राम्रो हुन्छ। अन्त्यमा हिसाब गर्ने। हिसाब गर्दा अंग्रेजी अंकमै गरे पनि उत्तर भने नेपाली अंकमा लेख्नुपर्छ। हिसाबमा ऐकिक नियम, साधारण ब्याजका समस्याहरू धेरै भन्दा धेरै अभ्यास गर्नुपर्छ। गाउँघरमा प्रचलित नापतौलको एकाइ जस्तै माना, पाथी, धार्नी आदिका बारेमा पनि राम्रो जानकारी राख्नुपर्छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.