भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ साउन, काठमाण्डौं । करिब एक साताअघि महानगरीय प्रहरीले गोंगबुबाट एकजना बटुवालाई नियन्त्रणमा लियो । मदिरा सेवन गरेका उनलाई नजिकको प्रहरी कार्यालयले हिरासत कक्षमा राखियो ।

तत्काल ती प्रहरी कर्मचारीले उनलाई भने, त्यसो भए तपाई आजको रात यतै बस्नुस । ‘एक रात प्रहरीको हिरासतमा काट्नुभन्दा दुई हजार रुपैयाँ माया मारेँ,’ उनले सुनाए, ‘सवालजवाफ गरेर केही फाइदा देखिनँ । खुरुखुरु बाटो लागेँ ।’
तीन दिनपहिले राजधानीको पुरानो बानेश्वर नजिकबाट दुईजनालाई प्रहरीले पक्राउ गर्यो । हाउभाउ र गेटअप कै भरमा पक्राउ परेका गोरखाका २३ बर्षका सुनिलकुमार थापा र मकवानपुरका मनजिक तामाङको साथबाट एक हजार चारसय रुपैयाँ असुलेर छाडियो ।
‘हामीलाई लागूऔषध बिक्री तथा सेवनकर्ता भनेर समातियो,’ गोरखाका २३ बर्षका सुनिल थापाले भने, ‘खै कहाँका प्रहरी हुन, केही पर पुगेपछि एक हजार चारसय लिएर छाडिदिए ।’ आफूहरुलाई प्रहरीले बिनासित्तैमा लगेर थुनिदेला भनेर चुपचाप लागेको थापाले बताएको गोरखापत्र दैनिकमा खबर छ ।
राजधानीमा हुने गरेका यस्ता केही प्रतिनिधि घटनामात्र हुन । नेपाल प्रहरीका विभिन्न निकायबाट खटिने प्रहरीले पक्राउ गरेका व्यक्तिबाट धेरथोर अनुचित लाभ असूल्ने गर्दछन् । राजधानीमा सीआभी (मोटर) र क्युआरटी (मोटरसाइकल) मा खटिएका प्रहरी कर्मचारीले समेत सर्वसाधारणबाट यस्ता अनुचित लाभ लिने गरेको गुनासो बारम्बार आइरहन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.