Widgets

Home » » लोकप्रिय मनोरञ्जक एप्स

लोकप्रिय मनोरञ्जक एप्स

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सूचना प्रविधि र मनोरञ्जनको भरपुर उपयोग गर्ने माध्यम बनेको छ- स्मार्टफोन। फिचर फोनमा भन्दा कैयौं गुणा धेरै कम्प्युटिङका साथै मनोरञ्जनको सुविधा उपलब्ध यो फोनको सबैभन्दा ठूलो विशेषता मनलागेको एप्लिकेसन राख्न सक्नु पनि हो। विभिन्न निर्माताले फरक-फरक खुबी र क्षमतासहित विकास गरेको एप्लिकेसन प्रयोग गरेर सूचना, बजार तथा मनोरञ्जन सबैको फाइदा उठाउन सकिन्छ। तीमध्ये सबैभन्दा बढी मनोरञ्जनक एप्सको प्रयोग भएको पाइन्छ। स्मार्ट फोनका लागि उपलब्ध एप्सहरूको सूची हेर्दा लाग्छ, यो मनोरञ्जनकै लागि बनेको हो।

मनोरञ्जनका लागि भनेर तयार पारिएका एप्स प्रसस्तै छन् एन्ड्रोइड अनि एप्पलको आइओएसका साथै माइक्रोसफ्टको विण्डोजका लागि, त्यसमध्ये केही लोकपि्रय एप्स ः

टकिङ टम क्याट

स्मार्टफोनमा उपलब्ध यो एपले आफ्नो आवाजको नक्कल गर्छ। यसमा उपलब्ध विभिन्न फिचरमध्ये सबैभन्दा रमाइलो भनेको आफ्नो आवाजलाई यसले नक्कल गरेर दोहोर्‍याउँदा निस्कने आवाज नै हो, जसलाई सुनेर जो कोही नहाँसी रहन सक्दैनन्।

सोलो

एन्ड्रोइड फोनमा सोलो निकै लोकपि्रय गितार एप हो, जसले गितारको धुनमा आफूलाई मन परेको गीत सुनाउँछ।

फिंगर पि्रन्ट लक

एन्ड्रोइड फोनमा फिंगर पि्रन्ट लकले स्क्रिन लकको काम गर्छ। स्मार्टफोनमा यसलाई इन्स्टल गरेपछि यसले फोनको नर्मल स्क्रिन देखिँदैन। यो एपले नर्मल स्क्रिनलाई छोपेर फन्नी खालको देखाउँछ।

टकिङ बेबी हिप्पो 

यो त्यस्तो एप हो जसले आफ्नो आवाजलाई नक्कल गरेर बच्चाको आवाजमा सुनाउँछ। खासगरी घरमा केटाकेटी भएकाहरूका लागि यो एप उपयोगी हुनसक्छ।

म्याजिक मिरर

म्याजिक मिरर एपले तस्बिरलाई रमाइलो र अनौठो बनाउँछ। यसले केशलाई नयाँ लुक्स मात्र दिँदैन विभिन्न रंगमा फरक-फरक तरिकाले देखाउँछ।

हरर मुभी रिङटोन

यो यस्तो एप हो जसमा १६ वटा हरर चलचित्रको थिम राखिएको छ। यसलाई नोटिफिकेसन तथा रिङटोनका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger