भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ असार, काठमाडौं । धेरैले नेकपा एमालेलाई तेस्रोलिंगी भनेर उडाउने गर्छन् । यो वा त्यो भनेर छिट्टै निर्णय गर्न नसक्ने ढुलमुले चरित्र भएको भन्दै एमालेलाई ‘तेस्रोलिंगी’को उपमा दिने गरिएको हो । तर, एमालेलाई यसरी उडाउँदा वास्तविक तेस्रोलिंगीको भने अपमान हुने गरेको छ ।
पछिल्लोपटक खुलेरै समाजमा आफ्नो पहिचान खोज्दै हिँडेका तेस्रो लिंगी हरेक कुरामा अगाडि आउने प्रयत्न गर्दैछन् । यही क्रममा उनीहरुले अन्य लिङ्गीहरु आपसमा झगडा गरिरहेका बेला संविधानसभा चुनावका लागि आफ्नो तर्फबाट उम्मेद्वारीको समेत घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नीलहिरा समाजले तेस्रोलिङ्गी उम्मेद्वारको नाम घोषणा गरेको हो ।
‘चुनावमा तेस्रोलिंगीलाई समेत उचित स्थान दिनका लागि दलहरुलाई दबाब दिने उद्देश्यले उम्मेद्वारी घोषणा गरिएको हो’ कार्यकारी निर्देशक अध्यक्ष सुनिलबाबु पन्तले भन्नुभयो ।समाजले घोषणा गरेका तेस्रो लिङ्गी उम्मेद्वारमा तेस्रो लिङ्गी महिला, पुरुष र समलिङ्गीसमेत गरी ६२ जना छन् । उमेद्वारहरु समानुपातिक तर्फबा उमेद्वार हुन् या प्रत्यक्षतर्फका भन्ने खुलाइएको छैन । बुधबार घोषणा गरिएका तेस्रो लिङ्गी भावी सभासदहरुको सूची यस्तो छ :

Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.