Widgets

Home » » आफू गर्भवती भएको समेत थाहा पाउँदैनन् महिला !

आफू गर्भवती भएको समेत थाहा पाउँदैनन् महिला !

Written By sangalo on Friday, July 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० साउन, काठमाडौं । उमेर र कामले परिपक्व भएपछि मात्र विवाह, परिवार नियोजन, गर्भवती र सुत्केरी स्याहार तथा पोषणको विषयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौं खर्च गरेर अभियान चलाइरहेका छन् । यस्तो अभियानले मातृ तथा बाल स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति पनि भएको छ । तर डाक्टरहरु भन्छन्-अझै पनि केही गाउँठाउँमा शिक्षा र चेतनाको यो लहर पुग्न सकेको छैन । ‘कतिपय महिलाले अझै आफू गर्भवती भएको थाहा पाउँदैनन्’ महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएकी डाक्टर अरुणा उप्रेतीले अनलाइनखबरसित भन्नुभयो-’यसले मातृ र बाल मृत्युदर घटाउने अभियानमा केही असर गरेको छ ।’ आफू गर्भवती भएको समेत पत्तो नपाउने महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्ने कुरो पनि भएन । त्यसैले गर्भवती अवस्थामा आवश्यक पोषण, हेरचाह र आराम नपाउँदा त्यस्ता महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् । सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रमा यस्तो समस्या बढी रहेको डा. उप्रेतीले बताउनुभयो । उहाँका अनुसार महिला स्वास्थ्यको विषयमा जानकारी नहुँदा र थाहा भएपनि त्यति ख्याल नगर्दा यस्तो समस्या दोहोरिने गरेको छ । सरकारी तथ्याँक अनुसार पहिलेको तुलनामा महिला स्वास्थ्यको बारेमा शिक्षा र चेतना बढेको छ । नेपालले लिएको सहश्राब्दी विकास लक्ष्यमध्ये बाल तथा मातृ मृत्युदर न्यूनीकरणमा उत्साजनक उपलव्धी हासिल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् १९९६ को ५ सय ३९ प्रतिलाख जन्ममा रहेको मातृ मृत्युदर २ सय २९ जना प्रतिलाखमा झरेको छ । अबको त्रिवषिर्य योजनामा नवजात शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) १६, शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३२, बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३८, कम तौल भएका शिशु २९ प्रतिशतमा, मातृ मृत्युदर (प्रति लाख) १३२ मा झर्नुका साथै पूर्व प्रसूति सेवा चारपटक प्राप्त गर्ने महिलाको सङख्या ६५प्रतिशत पुग्ने लक्ष्य सरकारले लिएको छ । ९ महिनाभन्दा छिटो र ढिलो सुत्केरी सामान्यतया गर्भवती भएकी महिला ९ महिनामा सुत्केरी हुन्छिन् । तर ९ महिनाभन्दा धेरै कम र धेरै बढी समयमा पनि गर्भवती भएको उदाहरण छ । यसरी समयभन्दा धेरै छिटो र ढिलो हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन् । ‘अमेरिका लगायतका विकसित देशमा त ५ महिनामा पनि सुत्केरी भएर शिशुलाई बचाउन सकिएको उदाहरण छ’ डा. उप्रेतीले भन्नुभयो-’नेपालमा भने ६ महिनाभन्दा कम उमेरमा गर्भवती हुँदा त्यो खेर जान्छ, बचाउन सकिँदैन ।’ ६ महिनाभन्दा कम अवधिमा सुत्केरी हुँदा आमा र बच्चालाई विशेष उपचार हुनुपर्नेमा यस्तो सुविधा नेपालमा नभएको उहाँले बताउनुभयो । तर नेपालमा ७ महिनामा समेत सुत्केरी भएर महिला र शिशु बाँचेको उदाहरण छ । ‘९ महिनाभन्दा पहिले जन्म हुँदा शरीरका अंगहरु विकसित नहुने भएकाले बचाउने सम्भावना निकै कम हुन्छ’ डा. उप्रेतीले भन्नुभयो । साढे दुई किलोभन्दा कम तौल भएको शिशु बढी जोखिममा हुने उहाँले बताउनुभयो । चिकित्सकहरुका अनुसार १९ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेरमा बच्चा जन्माउने आमालाई शारिरीक जोखिम बढी हुन्छ । ‘तर १२ वर्षमा समेत सुत्केरी भएका उदाहरण प्रशस्त छन्’ डा. उप्रेतीले भन्नुभयो-’प्रसुति, महिला स्वास्थ्य र पोषणको विषयमा अझै जनचेतना जगाउन जरुरी छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger