भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० जेठ, काठमाण्डौं । मानिसका सोख पनि अनेक हुन्छन् । बाराको करैयास्थित एक प्राथमिक विद्यालयका हेडसरको अनौठो सोखले बिहीबार जिल्लाभर चर्चा पायो । कलैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र साहले बिहीबार हेलिकप्टर चार्टट गरेर छोरी अन्माए । रौतहट गरुडा ९ निवासी राजकिशोर साहका छोरा राजेन्द्रप्रतापसँग छोरी प्रमेशिलाको बुधबार राति बिहे भयो, बिहीबार उनले ७५ हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर नजिकैको बेहुलाको आँगनसम्म छोरीज्वाईलाई पुर्याइदिए । सामान्य आर्थिक हैसियतका उनको घरमै बुधबार राति हिन्दु परम्पराअनुसार छोरीको बिहे सम्पन्न भयो । बिहीबार बिहान उपेन्द्रले कलैयास्थित सिद्धेश्वर मन्दिरमा छोरी ज्वाईलाई राखेर पुजापाठ गरेका थिए । त्यही मन्दिरपरिसर हेलिकप्टर ल्याएर उनले छोरी अन्माएको नागरिक दैनिकमा खबर छ । उपेन्द्रले छोरीको बिहेमा प्रयोग भएको हेलिकप्टर केटापक्षबाट ल्याएको दाबी गरे । उनले आफू सामान्य परिवारको भएको, हेलिकप्टरबाट छोरी अन्माउने हैसियत नरहेको बताए । तर बलेरो र स्कारपियो लिएर जन्ती आएका बेहुलाका बाबु अचानक हेलिकप्टर देख्दा अचम्मा परे । सामान्य व्यक्तिले छोरीको बिहेमा हेलिकप्टर चार्टर गरेको देख्दा सुरक्षा प्रमुख, प्रहरी, राजनीतिक दलका नेता ताथ उनका छिमेकी चकित भएका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.