भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गायिका केरी अन्डरवूडले विमान यात्रा गर्न डर लाग्ने रमाइलो कुरा सार्वजनिक गरेकी छिन्। केरी भन्छिन्— 'जब म विमान यात्रा गरिरहेकी हुन्छ, त्यतिबेला निकै भावुक हुन्छु।' एउटा अनलाइन पत्रिकासँग कुराकानी गर्दै केरीले उडानका क्रममा घट्ने स-साना घटनाले आँखा रसाउँछ। 'बिफोर ही चिम्स' गीतकी यी गायिका उडानका क्रममा विमान बादलमा पस्यो भने त ठूलो स्वरले रुनै थाल्छिन्। केरीका अनुसार उडानका क्रममा उनी चलचित्र हेरेर समय बिताउने प्रयास गर्छिन् तर विमानभित्रको वातावरण उनलाई ज्यादै विरक्तिपूर्ण लाग्छ। पछिल्लो हवाईयात्राका क्रममा केरीले डर भगाउन हलिउडका चलचित्र 'ट्र्वाइलाइट' हेरेकी थिइन्। उक्त चलचित्रको कथाले आफूलाई थप मर्माहत तुल्याएको कुरा सम्झँदै केरी भन्छिन्— 'रुनु नपरोस् भनेर चलचित्र हेरेको, चलचित्रको कथाले अझ बढी भावुक बनायो।'
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.