भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अफिसमा कामको चाप, कसैसँगको विवाद वा झगडा तथा पारिवारिक झण्झटका लगायतका कारण तनाव बढ्नु स्वभाविकै हो । मान्छे बढि महत्वाकांक्षी बन्दै जाँदा तनावको मात्रा पनि बढ्दै जान्छ । तनाव बढ्नु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि हानिकारक चिज हो ।

- जब तपाइँको मूड खराब हुन्छ तब आफुलाई मन पर्ने गीत गुनगुनाउनुहोस् ।
- मनपर्ने गित गुनगुनाउँदा तपाइँलाई जुन मानसिक शान्ति मिल्छ त्यसले योगाले जत्तिकै फाइदा गर्छ ।
- तपाइँलाई तनाव दिने कुराहरुबाट टाढा हुन चाहनुहुन्छ भने आफ्ना पूरानारमाइला तथा हसिमजाकका तस्वीरहरु निकालेर हेर्नुहोस् र रमाइला दिनका यादलाई ताजा बनाउनुहोस् ।
- जब तपाइँ तनाब महसुस गर्नुहुन्छ तब आखा बन्द गरेरविगतका खुसीका पल सम्झिनुहोस् । यसले तपाइँको मस्तिष्कलाई शान्त पार्न मद्दत गर्नेछ ।
- गहिरो सास फेर्नुहोस् । सास लिन र छोड्न उत्तिकै लामो समय लगाउनुहोस्। कम्तिमा दश पटक लामो लामो स्वास फेर्दा तपाइँले केही रिल्याक्स महसुस गर्नुहुनेछ ।
- सरीरमा पानीको मात्रा जति कम हुन्छ मस्तिष्कको कार्यप्रणालीमा उत्ति नै असर पर्छ । यस्तो भयो भने काममा केन्द्रित हुन सकिन्न र तनाव बढ्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।
- तनावग्रस्त व्यक्ति भलै कुनै काममा व्यस्त किन नहोस् तर ऊ कुनै न कुनै समस्याबाट संवेगात्मक रुपमा जोडिएको हुन्छ । त्यसैले पीडालाई भुलेर मज्जाले हाँस्ने कोसिस गर्नुहोस् । तनाव भएको बेला त्यत्तिकै हाँस्ने कुरो भएन । त्यसैले कुनै फन्नी भिडियो वा तस्वीर हेर्नुहोस् वा जोक भनेर मज्जाले हाँस्नुहोस् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.