भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाडौं । भनिन्छ, खाने मुखलाई जुँगाले छेक्दैन । जाँगर र आँट मात्र हुने हो भने जसले जस्तो काम गरेर पनि मनग्गे कमाउन सक्छ । उसको कमाइले एक्लो ज्यान मात्र होइन, परिवारकै गुजारा चल्छ । यो यथार्थलाई अपांगता भएका धेरै पौरखी ज्येष्ठ नागरिकहरुले पुष्टि गरेर देखाएका छन् । अपांगता भएर पनि सपांगले भन्दा बढी काम गरेर उदाहरण बन्न सफल तीनजना बृद्धहरुलाई हामीले राजधानीमा भेटेका छौं ।
बोल्न र सुन्न नसक्ने नेत्रलाल
गोरखाका नेत्रलाल श्रेष्ठ बोल्न र सुन्न सक्नुहुन्न । तर, बोल्ने र सुन्ने जो कोहीले गर्न नसक्ने काम गर्न उहाँले जान्नुभएको छ । ‘आँखाले नदेखे पनि दिनभरि चित्र कोरेर फ्रेम बनाउनुहुन्छ, यही बेचेर संकलन हुने रकमबाट हाम्रो परिवारको गुजारा चलिरहेको छ’ नेत्रलालकी जीवनसंगिनी बिमलाले अनलाइनखबरसित भन्नुभयो ।

नेत्रलालले झण्डै तीन दशक अघिदेखि यो काम गर्दै हुनुहुन्छ । गोरखाको प्रसिद्ध गोरखकाली र मनकामनाको चित्र अंकित फ्रेम बनाउने उहाँको काम हो । एउटा फ्रेमको तीनसय ५० देखि ५ हजारसम्ममा बिक्री हुन्छ । धेरैजसो ‘अर्डर’ अनुसारका फ्रेम बनाइन्छ । पहिले उहाँले मात्र गर्ने यो काम श्रीमती र छोराछोरीले पनि जानिसकेका छन् । ‘मुख्य त उहाँले नै गर्ने हो, हामीहरुले पनि सघाउने गरेका छौं’ बिमलाले भन्नुभयो-’मेहनती र पौरखी श्रीमान पाउँदा निकै गर्व लाग्छ ।’

खेर गएको प्लाष्टिकबाट सामान
भक्तपुरका धनबहादुर न्याईच्याईं आँखा देख्नुहुन्न । आफूले आँखा नदेख्ने उहाँ वातावरण संरक्षणको लागि अरुको आँखा खोलिदिने काम गर्नुहुन्छ । खेर गएका प्लाष्टिकबाट डोरी बनाएर उहाँले वातावरण सफा गर्ने काममा त सघाउ पुर्याउनुभएको छ नै ।

आफूले बनाएको सामान बेचेर घर खर्च पनि जुटाउँदै आउनुभएको छ । भक्तपुरको पूर्ण विद्या गृह स्कूलमा सीप सिकेर उहाँले यो काम थाल्नुभएको हो ।
नाम र काम दुवै
धनबहादुरकै दौंतरी घोनसिंह शाक्यले पनि भक्तपुरकै पूर्ण विद्यागृह स्कूलबाट ब्रेललिपीबाट अक्षर र सीप सिक्नुभएको हो । तर धनबहादुरले नाम लेख्न सक्नुहुन्न । घोनसिंहले भने मज्जाले आफ्नो नाम लेख्न सक्नुहुन्छ । सँगै चेसको गट्टी बनाएर बेच्ने काम गर्नुहुन्छ ।

हरेक दिन स्वावलम्बन केन्द्रमा पुगेर उहाँले चेसको गट्टी बनाउनुहुन्छ । केही बेचेर आउने रकमले उहाँले आफूसँगै परिवारको गुजारा चलाउनुभएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.