भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मलेसिया, चैत्र १२ - मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा हतियारधारी समूहले आक्रमण गरी ६ जना नेपालीको हत्या गरेको छ । सामान्य विवादमा स्थानीय युवाले हतियार सहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेको हो । घट्नको पुष्टी गर्दै नेपालका गृह तथा परराष्ट्र मन्त्री माधव घिमिरेले ६ जनाको मृत्यु भएको बताएका छन् । उनले घाइते १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको भन्दै अस्पतालमा भर्ना बिरामी हेर्नका लागि मलेसिया स्थित नेपाली दूतावासका कर्मचारी चक्र सुवेदीलाई पठाइएको बताए । घट्नाबारे थप बुझ्न त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाईको छ भने काठमाडौंस्थित मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको घिमिरेले बताए । तामान चिन्तानास्थित भेन्चर कम्पनीनजिकै रहेको अर्को एक कम्पनीको होस्टलमा झगडाले उग्र रुप लिए पछि अहिले त्यस क्षेत्र तनावग्रस्त छ । त्यहाँ कसैलाई पनि प्रवेश दिइएको छैन । 'शुरुमा एक स्थानीय युवासंग सामान्य विवाद भएपछि नेपालीमाथि हतियारधारीले होस्टलमै प्रवेश गरी आक्रमण गरेका रहेछन्,' नाम नबताउने शर्तमा नजिकैको अर्को एक कम्पनीमा कार्यरत नेपालीले टेलिफोनमा भने । घटनाका घाइतेहरुको त्यहाँको सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको बताइएको छ । 'हामी बेलुका बसमा कोठामा आउँदै गर्दा हुलका हुल मान्छेहरु चिच्याउँदै भागदौड गरिरहेका थिए । हातमा तरबार र चक्कु लिएका मान्छेहरु होस्टल परिसरमै थिए ।'नजिकैको अर्को कम्पनीमा कार्यरत एक नेपाली युवाले भने 'हामी आफ्नो कोठामा आएपछि विभिन्न हल्लाहरु चलिरहेका छन् । केही बुझ्न सकिएको छैन ।' उनका अनुसार होस्टलको ब्लक २० मा सो

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.