भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाण्डौं । विदेशी सम्बन्धनप्राप्त शैक्षिक संस्था र कन्सल्टेन्सी पनि हुन्डी कारोबारमा संलग्न देखिएका छन् । कन्सल्टेन्सीका अन्य ठगीबारे अनुसन्धान गर्दा प्रहरीले हुन्डीमा पनि संलग्नता भेटाएपछि निगरानी बढाएको छ । प्रहरी अनुसन्धानमा सहयोग गर्न शिक्षा मन्त्रालयलाई पनि अनुरोध गरेको छ । राजश्व अनुसन्धान विभागले पनि यस्ता संस्थामाथि निगरानी बढाएको छ ।
विशेषगरी अस्ट्रेलिया, अमेरिका, बेलायतलगाउत युरोपेली मुलुकका लागि परामर्श सेवा दिने कन्सल्टेन्सी तथा त्यहाँका कलेजसँग सम्बन्धन लिएर नेपालमा सञ्चालित शैक्षिक संस्था यस्तो कारोबारमा संलग्न देखिएका हुन् । राजधानीमा सञ्चालित करिब ७ सय कन्सल्टेन्सीमध्ये करिब १ सयले हुन्डी कारोबार गरिरहेकेा प्रारम्भिक अनुमान विभागको रहेको कारोबार दैनिकमा खबर छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वरबाबु कार्कीले कन्सल्टेन्सी र विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका सञ्चालक पनि हुन्डी कारोबारमा संलग्न भेटिएको बताए । ‘शैक्षिक परामर्शका नाममा खोलिएका त्यस्ता केन्द्र तथा शैक्षिक संस्थाबाट हुने गठी तथा अनधिकृत आर्थिक कारोबारमा निगरानी बढाउन शिक्षा मन्त्रालयसँग पनि हामीले अनुरोध गरिसकेका छौं,’ उनले भने ।
दुई बर्षअघि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बाषिर्क २० अर्वभन्दा बढी कारोबार हुन्डीमार्फत हुने गरेको देखाइएको थियो । विशेषगरी आपराधिक गिरोहले हत्या, लुटपाट, चोरी/डकैती, अपहरण तथा फिरौती असुल, डलरको अवैध कारोबारलगायत संगठित तथा सामाजिक अपराध सञ्चालन गरेवापत पाएको रकम सुरक्षित गन्तव्यमा पुर्याउन हुन्डी प्रयोग गरेको पाइन्छ । अर्कातर्फ अध्ययन तथा रोजगारीका लागि विदेश गएका नेपालीले बैंक तथा वित्तीय संस्थाबाट नभई हुन्डीमार्फत रकम पठाउँदा रेमिट्यान्स कमी आउने गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.