Widgets

Home » , » एसीसी टि-ट्वान्टी क्रिकेट भिड्न नेपाल तयार, अब खेल हेर्न टिकट काट्नुपर्ने

एसीसी टि-ट्वान्टी क्रिकेट भिड्न नेपाल तयार, अब खेल हेर्न टिकट काट्नुपर्ने

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत १२- भोलिदेखि काठमाडौँमा सञ्चालन हुन लागेको एसिसी ट्वान्टी ट्वान्टी कप क्रिकेट प्रतियोगिताका लागि आफूहरु मैदानमा उत्रन तयार रहेको नेपाली राष्ट्रिय टिमका खेलाडीले बताएका छन्। राष्ट्रिय टिम कप्तान पारस खड्काले भने, 'हामी प्रतियोगिताको लागि मैदानमा उत्रन तयार छौं।' टिमका सबै १४ सदस्य क्रिकेटका लागि तालिम प्राप्त भएको पनि उनले बताए। प्रतियोगिताको लागि आफूहरुले कमजोर पक्षलाई सुधारेको बताउँदै उनले उपाधि हात पर्नेमा आफूहरु विश्वस्त रहेको उल्लेख गरे। आयोजक समितिका सदस्य किरण रानाले प्रतियोगिताको सबै तयारी पूरा भएको र आज साँझ व्यवस्थापकीय बैठक बसेर केही छुटफुट विषयमा छलफल गरी समाधान खोज्नेसमेत जानकारी दिए। नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलिका लागि तीनवटा काउन्टरबाट टिकट बिक्रीको व्यवस्था मिलाएको छ। बिहान ६ बजेदेखि कीर्तिपुर मैदान वरपर स्टल राख्ने क्यानका अध्यक्ष टङ्क आङबुहाङले बताए। क्यानले पहिलोपटक क्रिकेटको दर्शकका लागि टिकटको व्यवस्था गरेको हो। एसियाली क्रिकेट परिषद्को टि-ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिता २१ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदान र ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानको मैदानमा सञ्चालन हुने छ। नेपाल प्रतियोगिताको समूह 'ए' मा रहेको छ। समूह 'ए' मा नेपाललगायत मलेसिया, हङकङ, माल्दिभ्स र सिङ्गापुर रहेका छन्। त्यसैगरी समूह 'बी' मा साविक विजेता अफगानिस्तान, युएइ, ओमान, कुबेत र बहराइन रहेका छन्। प्रतियोगिताको लागि सुरक्षा व्यवस्था निकै कडा पारिने क्यानले जनाएको छ। सन् २०११ मा कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपालले युएईसँग पराजय बेहोरेपछि नेपाली दर्शकले ढुङ्गामुढा गर्दै मैदान प्रवेश गरेका कारण सन् २०१२ मा एसियाली क्रिकेट परिषद्ले प्रतियोगिता आयोजना गर्नबाट नेपाललाई वन्चित पारेको थियो। नेपाली टोलीलाई श्रीलङ्काका प्रशिक्षक पुबुदु दासानायकेले तालिम दिएका हुन्। यस प्रतियोगितामा जित हात पार्ने शीर्ष दुई टिमले आगामी मङ्सिरमा युएइमा सञ्चालन हुने विश्व टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा भाग लिन पाउने छन्। प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ। त्यसैगरी बुधबार नेपाल र हङकङ, शनिबार नेपाल र मलेसिया तथा आइतबार नेपाल र सिङ्गापुरले प्रतिस्पर्धा गर्नेछन्। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger