भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाँके, चैत्र १२ - फत्तेपुरका विद्यार्थी सन्तोष पौडेलको अपहरणमा संलग्न तीन जनालाई बाँके जिल्ला अदालतले १५/१५ वर्ष कैद तोकेको छ । अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ । पीडित परिवारले बुझाएको ३ लाख फिरौती र क्षतिपूर्तिबापत थप २ लाख रुपैयाँ अपहरणकारीबाट असुल गर्न पनि अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले आइतबार बेतहनीका विनोद गोडिया, कम्दीका तीर्थ धोबी, फत्तेपुरका ज्ञानबहादुर बुढाथोकी र बुद्धि थापालाई कैद फैसला सुनाएको हो । अदालतले अपहरणमा १३ वर्ष र संगठित अपराधअन्तर्गत थप २ वर्ष कैद सजाय सुनाएको जिल्ला सहन्यायाधिवक्ता यमबहादुर बानियाँले बताए । अपहरणमा संलग्न भनिएका फत्तेपुरका राजवीर बुढाथोकी, सुकलाल बुढाथोकी र दयाराम थापालाई अदालतले सफाइ दिएको हो । कैद सुनाएकामध्ये धोबी मात्रै पक्राउ परेका छन् । अन्य फरार रहेको र उनीहरूलाई पक्राउ गर्न अदालतले वारेन्ट जारी गरेको छ ।
उनीहरू भारतमा लुकेको प्रहरीको दाबी छ । फत्तेपुर-९ का विद्यार्थी पौडेललाई ०६८ भदौ २८ गते घरबाटै अपहरणमा परेका थिए । अपहरणकारीले चार दिनपछि असोज १ गते ३ लाख रुपैयाँ भारतको रुपैडिहामा फिरौती बुझेर सन्तोषलाई रिहा गरेका थिए । जेल सजाय सुनाइएका अपहरणकारी फरार रहेकाले पौडेल परिवार त्रसित छ । अझै धम्की आउने गरेको बुबा गोविन्दप्रसाद पौडेलले बताए ।
अपहरणकारी पक्राउ नपरेकामा उनले दुःख व्यक्त गरे । 'फरार भएका अपराधी नपरेसम्म हामी असुरक्षित छौं,' पौडेलले कान्तिपुरसँग भने, 'अदालतले सजाय सुनाएका अपराधीलाई तत्काल पक्राउ गर्नुपर्छ ।' 'फिरौती तिर्न लिएको ऋण जग्गा बिक्री गरेर तिरियो । तर अझै पनि हामी असुरक्षित छौं,' उनले दुखेसो पोखे । उक्त अपहरणपछि असुरक्षित फत्तेपुरका युवाहरू सामूहिक रात्रि गस्ती गर्दै आएका छन् । उनीहरूले सुरक्षाका लागि प्रहरीचौकी माग गर्दै आएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.